काठमाडौं । नुवाकोट–१ मा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत करिब ३ हजार मतले पछि परेका छन्। सुरुआतमा केही समय अगाडि रहेका महत रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिना भन्दा पछि परेका हुन् ।रास्वपाका तिमिल्सिनाले १६ हजार २१० मत ल्याउँदा महतले १३ हजार ४३३ मत पाएका छन्। नेकपाका हित बहादुर तामाङले ९ हजार ६८३ पाएर तेस्रो हुँदा नेकपा एमालेका बद्री मैनालीले ६ हजार २२८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस