काठमाडौं । गोरखा-१ मा रास्वपा उम्मेदवार सुधन गुरूङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार गुरूङले २८ हजार ९६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १५ हजार २३० मत ल्याएका छन् । उनीहरूबीच सुरुवातमा चर्को प्रतिस्पर्धा भएको थियो । अहिले १३ हजारभन्दा बढीको मतान्तर छ ।
तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारी छन् । उनले १० हजार ९३४ मत ल्याएको आयोगले जनाएको छ । अहिले मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस