बिहीबार , साउन २१ गते २०८३

नेपालीलाई होच्याउने अर्नव गोस्वामीविरूद्ध उभियो बलिउड

नेपालीलाई होच्याउने अर्नव गोस्वामीविरूद्ध उभियो बलिउड

अखबार दैनिक
मंगलबार, असोज २७ २०७७
  • नेपालीलाई होच्याउने अर्नव गोस्वामीविरूद्ध उभियो बलिउड

    २७ असोज

    सीमा विवादको विषयमा नेपालीप्रति आक्रामक रुपमा प्रस्तुत हुने भारतको रिपब्लिक टिभीका मालिक तथा सम्पादक अर्नब गोस्वामीविरूद्ध हिन्दी सिनेमा उद्योगका निर्माताहरूको संगठन प्रोडियूसर गिल्ड अफ इण्डियासहित चार संगठन तथा ३४ सिनेमा निर्माताले दिल्ली हाई कोर्टमा याचिका दायर गरेका छन् ।

    करण जोहर, शाहरूख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगन, रोहित शेट्टी पिक्चर्ससहितका कयौं स्टारका निर्माण कम्पनीसहित यशराज फिल्म्स, विनोद चोपडा फिल्म्स, एक्सेल इन्टरटेन्मेन्टको साथमा सिने-टिभी आर्टिस्ट एसोसिएशन, द फिल्म एण्ड टेलिभिजन प्रोडियूसर काउन्सिल र स्क्रिन राइटर्स एसोसिएशनले एकसाथ मिलेर दिल्ली हाई कोर्टमा मुद्धा दायर गरेका छन् ।

    इण्डियन मोशन पिक्चर्स प्रोडियूसर्स एसोसिएशनका अध्यक्ष तथा निर्माता टिपी अग्रवालले भने, 'हामी बलिउडले यो कदम उठाएकोमा खुशी छौं । धेरै पहिला यो निर्णय लिनुपर्थ्यो । कोही एक दुई जनाका कारण मिडियाले पूरा उद्योगको बदनाम गरेको छ । सबैजना यी पत्रकारका विरूद्ध उभिनुपर्छ र अवाज उठाउनुपर्छ' ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार