बिहीबार , साउन २१ गते २०८३

घटस्थापनादेखि विदा दिने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत

घटस्थापनादेखि विदा दिने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत

अखबार दैनिक
मंगलबार, असोज २७ २०७७
  • घटस्थापनादेखि विदा दिने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत

    २७ असोज

    कोरोना संक्रमण बढेको भन्दै कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले दशैंको घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरुमा विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरे पनि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो प्रस्ताव अस्वीकृत गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विदा दिँदा गलत सन्देश जाने भन्दै सो प्रस्ताव अस्वीकृत गरेको एकमन्त्रीले अखबारदैनिकलाई जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो प्रस्तावमा प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने प्रयास गरेका थिए । सोमबारको मन्त्रिपरिषदले सीसीएमसीको प्रस्ताव अस्वीकृत गरेसँगै हाललाई कोरोना नियन्त्रणमा सरकारको नयाँ रणनीति फ्लोरमा नआउने देखिएको हो ।

    देशमा कोरोना संक्रमणका घटना विस्फोटक ढंगले बढेपछि सीसीएमसीले विदा दिने रणनीति अख्तियार गर्न खोजेको थियो । देशमा सोमबारसम्म कोरोना भाइरसबाट एकलाख १४ हजार मानिस संक्रमित भइसकेका छन् । पछिल्ला तीनदिनमा मात्र ११ हजार नयाँ संक्रमित थपिएका छन् । त्यसमा पनि काठमाडौं उपत्यकामा देशभरका कुल संक्रमितमध्ये ५० प्रतिशतभन्दा धेरै छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार