बिहीबार , साउन २१ गते २०८३

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

अखबार दैनिक
मंगलबार, फागुन २६ २०८२
  • प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

    काठमाडौं । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन् ।पेस गरिएको विवरण अनुसार उनले चुनावी प्रचारप्रसार र व्यवस्थापनमा २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

    विवरण अनुसार सबैभन्दा बढी खर्च खाना तथा आवासतर्फ ८ लाख ५० हजार रुपैयाँ भएको छ। त्यसपछि सम्पर्क कार्यालय स्थापना ५ लाख ८० हजार रुपैयाँ, स्टेसनरी तथा प्रचार सामग्री छपाइ ४ लाख ५० हजार रुपैयाँ, विज्ञापन तथा सञ्चारतर्फ १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायाततर्फ १ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार