काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र संशोधनमार्फत फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।

प्रतिक्रिया दिनुहोस