बिहीबार , साउन २१ गते २०८३

जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु– केपी ओली

जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु– केपी ओली

अखबार दैनिक
बिहीबार , फागुन २८ २०८२
  • जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु– केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्। निर्वाचनको सम्पूर्ण परिणाम आएपछि सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै अध्यक्ष ओलीले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको बताएका छन्।

    ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले भनेका छन्।

    ‘हामी जनताकै बीचमा रहनेछौं, जनताकै लागि काम गरिरहनेछौं र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौं। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद,’ उनले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार