काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। केन्द्रीय कार्यालय पुगेका नेताहरू पनि फर्किन थालेका छन्। उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, नेता सोबिता गौतमलगायत कार्यालय पुगेका थिए। यसअघि रास्वपाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय थियो। सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएका कारण रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस