बिहीबार , साउन २१ गते २०८३

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री फेर्थे , आज न सचिव टेर्छन् न मन्त्री नै

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री फेर्थे , आज न सचिव टेर्छन् न मन्त्री नै

प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहेका छन् ।

images
अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री फेर्थे , आज न सचिव टेर्छन् न मन्त्री नै

    असोज २८,

    कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहेका छन् ।

    उनको चाहना छ कि, केही मन्त्री हेरफेर गरौं । तर, न केपीले चाहेर कोही मन्त्री थप्न र निकाल्न सक्ने छ, न प्रचण्डले । चाहँदा केपीका निम्ति यो कुनै ठूलो समस्या होइन । मात्रै, अर्का अध्यक्षको पनि बचन तोडेर पाइला पाइलामा किन निहुँ खोजिरहुँ भनेरमात्रै हो । नत्र, कस्ता कस्ता निर्णय नसोधी गर्ने हिम्मत भएका केपीमा मन्त्री जाबो फेर्नु उति मुस्किलको कुरै हैन ।

    यसबीच, पूर्वमाओवादी अर्थात्, प्रचण्डका मान्छेहरू मन्त्री पाइन्छ भनेर केपीतिर लागे । टोपबहादुर रायमाझी, प्रभु साह, हरिबोल गजुरेलसम्म केपीको लिष्टमा छन् । त्यसमध्ये पनि हरिबोल त पूर्वएमालेप्रति यति अनुदार कि, केपी ओलीलाई सिध्याउनै पर्छ भन्ने । तर, समयले कहाँ पु-याइदियो भने, माओवादी कोटामा त र केपीको रोजाइमा मन्त्री खान ठिक्क पर्नुपर्ने, सहयोद्धाहरू साथै रहुन् भन्ने जोड प्रचण्डको छ, जवाफ पनि त्यस्तै आउँछ । तर, परिणाममा देखिन्छ– स्थिति त्यस्तो होइन । प्रचण्डले बादल, प्रभु र लेखराजको नाम केपीको मुखबाट सुन्नुपर्ने दिन कति कष्टपूर्ण भइरहेको होला !

    पक्षधरता भन्ने चिज कति खतरनाक हुन्छ भने, पशुपतिका मूल भट्टले अरु थुप्रै देशका पत्रकार पुग्दा भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौलि कुमारप्रसादलाई मात्रै विशेष किसिमले रुद्राक्षको माला लगाइदिए, अरुलाई झारेझुरे व्यवहारमा पारे । किनभने, चन्द्रमौली थिए भारतीय, मूल भट्ट पनि त्यहीँका । यसरी मन्दिरमा त भेदभाव हुन्छ भने यो त व्यक्तिको तजबजिमा चल्ने पार्टी हो ।

    यही दुःख बिर्सन प्रचण्ड सपरिवार शुक्रबार ककनी जानुभयो । र, फर्किएर आएपछि रिक्त तीन मन्त्रालय भरौँ भन्ने सहमति भयो । जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

    स्थायी कमिटी बैठकले एक महिनाभित्र र सचिवालयले १० दिनभित्र पुनर्गठन गर्ने भनेको मन्त्रिपरिषद् दुई महिना बित्दा पनि केही हुन सकेको छैन । यो स्थितिले मन्त्रीहरूलाई मर्का परेको छ । आज हट्लान् र भोलि हट्लान् भनिएका मन्त्रीलाई कर्मचारीले नटेर्ने भइसके । प्रधानमन्त्री कहाँ तारेख धाउने अवस्थामा पुगेका कार्यकारी अध्यक्ष प्रचण्डप्रति प्रधानमन्त्रीको आफ्नो खेमामा टिप्पणी छ, मच्चिन त सक्नुहुन्छ । अन्तिममा थच्चिनुको विकल्प छैन । नभन्दै मन्त्रीमा मुख मिठ्याउन बालुवाटारका हर्ताकर्ताहरूसँग पूर्वमाओवादीको भौतिक र टेलिफोनमार्फत् लाइन छ ।

    आजको जनआस्था साप्ताहिकमा यसै विषयमा समाचार छापिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार