बिहीबार , साउन २१ गते २०८३

'चिनको ईशारामा नेपालले लिपुलेक आफ्नो दावी गर्दैछ' भनेर टिप्पणी गर्ने भारतीय स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

'चिनको ईशारामा नेपालले लिपुलेक आफ्नो दावी गर्दैछ' भनेर टिप्पणी गर्ने भारतीय स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • 'चिनको ईशारामा नेपालले लिपुलेक आफ्नो दावी गर्दैछ' भनेर टिप्पणी गर्ने  भारतीय स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

    Naravane-696x392.jpgअसोज २८,

    'चिनको ईशारामा नेपाल लिपुलेक आफ्नो दावी गर्दैछ' भनेर टिप्पणी गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने तय भएको छ । कोरोना भाइरसका कारण उनी नेपाल आउने यसअघिको पूर्वनिर्धारित कार्यक्रम रद्ध भएकोमा पुनः नयाँ मिति तय भएको हो ।

    स्थलसेनाध्यक्ष नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भ्रमणका अवसरमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

    यि तिनै नेपाल बिरोधी भारतिय जनरल हुन् जसले, भारतले एकतर्फी रुपमा नेपालको सिमाक्षेत्रमा पर्ने लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो खनेको चौतर्फी बिरोध हुँदा भनेका थिए, "लिपुलेक सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिनँ । कालीनदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ, म जान्दिनँ । उनीहरूले यो विषय कसैका लागि उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोरबारे विवाद छैन ।"

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार