बिहीबार , साउन २१ गते २०८३

अर्थमन्त्री बने विष्णु पौडेल, ईश्वर पोखरेलको रक्षामन्त्री पद खोसियो

अर्थमन्त्री बने विष्णु पौडेल, ईश्वर पोखरेलको रक्षामन्त्री पद खोसियो

अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • अर्थमन्त्री बने विष्णु पौडेल, ईश्वर पोखरेलको रक्षामन्त्री पद खोसियो

    असोज २८,

    राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन् । 

    प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन् । 

    यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ। 

    त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियु्क्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ । श्रेष्ठ सिरहाबाट निर्वाचित सांसद हुन् । उनी पूर्वएमाले हुन् । दोस्रो संविधान सभा चुनावमा उनले सिरहा-५ मा  तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाललाई हराउन निकै नजिकको विन्दुमा पुगेका थिए ।  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार