बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड र ओलीले घुस लिएको प्रमाण पेश गर्न नेकपा प्रबक्ताको चुनौती

प्रचण्ड र ओलीले घुस लिएको प्रमाण पेश गर्न नेकपा प्रबक्ताको चुनौती

अखबार दैनिक
बिहीबार , असोज २९ २०७७
  • प्रचण्ड र ओलीले घुस लिएको प्रमाण पेश गर्न नेकपा प्रबक्ताको चुनौती

    असोज २९,

    नेपाल कम्युनिस्ट पार्टीका प्रवक्त्ता नारायण काजी श्रेष्ठले पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको आरोपसँग सम्बन्धित प्रमाण पेश गर्न चुनौती दिएको छ ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी गर्दै बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी पुर्वाप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको समेत बताएका छन् ।

    श्रेष्ठले त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिएका छन् । 'कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ’ श्रेष्ठले भनेका छन् ‘तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैर जिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्दछ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार