बिहीबार , साउन २१ गते २०८३

शपथका लागि राष्ट्रपति निवास पुगे अर्जुननरसिंह केसी

शपथका लागि राष्ट्रपति निवास पुगे अर्जुननरसिंह केसी

अखबार दैनिक
बुधबार, चैत ११ २०८२
  • शपथका लागि राष्ट्रपति निवास पुगे अर्जुननरसिंह केसी

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति निवास पुगेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज केसीलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार