बिहीबार , साउन २१ गते २०८३

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छः कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छः कुलमान घिसिङ

अखबार दैनिक
बुधबार, चैत ११ २०८२
  • उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छः कुलमान घिसिङ

    कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताउँदै राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका छन्।उज्यालो नेपाल पार्टी द्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

    उनले भने,‘चुनावबाट अत्यधिक मतले करिब दुई तिहाइको बहुमत एउटा पार्टीलाई दिएको छ । उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउनु भनेर म्यानडेट दिएको छ । सडकको सरकार उज्यालो नेपाल पार्टी हुने छ, हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं।’

    घिसिङका अनुसार पार्टी गठनको तीन महिनाभित्रै चुनावमा सहभागी हुनुपर्ने अवस्था आएको थियो। त्यस क्रममा अर्को दलसँग सहमति गर्दा केही अलमल भए पनि देशभर उम्मेदवारी दिन सफल भएको उनले बताए। चुनाव हार्दा पनि जितेको पार्टी उज्यालो पार्टी रहेको उनको दाबी छ ।

    ‘पार्टी गठन गरेको तीन महिनाभित्र चुनावमा भाग लिनुपर्ने अवस्था आयो । त्यो समयभित्र पनि बीचमा अर्को पार्टीसँग सहमति गरेपछि त्यहाँपनि अलमल भयौं । छोटो समयमा पनि देशैभरी उम्मेदवारी दिन भने सफल भयौं । जित्न नसक्दा पनि हारेर पनि जितेको उज्यालो पार्टी हो । देश पनि जितेको छ । उज्यालो पार्टी पनि जितेको छ’ उनले भने ।

    कार्यक्रममा उनले सातै प्रदेशमा भेला सम्पन्न भएपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए। न्युज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार