काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् ।‘पार्टीका विचार त्यहाँ (संसद्मा) बोल्नुपर्छ । पार्टीले देशको विचार अघि बढाएको छ,’ ओलीले निर्देशन दिँदै भने, ‘ती भन्दाबाहेक मलाई यस्तो लाग्यो भनेर बोलेँ भन्ने हुँदैन ।’

प्रतिक्रिया दिनुहोस