नवनियुक्त प्रधानमन्त्री बालेन शाहको गीतले नेपाली सांगीतिक उद्योगमा नयाँ रेकर्ड बनाएको छ । प्रधानमन्त्रीमा नियुक्त हुने अघिल्लो दिन बालेनले सार्वजनिक गरेको र्यापले युट्युबमा नयाँ रेकर्ड बनाएको हो । ‘जय महाकाली’ बोलको र्याप युट्युबमा सबैभन्दा छोटो समयमा धेरै हेरिने गीत बनेको छ ।
१६ घण्टामा यो गीत २८ लाख ४० हजारले हेरिसकेका छन् । यसअघि २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड गायक तथा पफर्मर दुर्गेश थापाको नाममा रहेको थियो । दुर्गेशको ‘जाने भए जाम माया’लाई २४ घण्टामा १६ लाख ३६ हजारपटक हेरिएको थियो ।

प्रतिक्रिया दिनुहोस