बिहीबार , साउन २१ गते २०८३

बालेन शाहलाई बधाइ दिदैँ महेश बस्नेतले भने- अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर

बालेन शाहलाई बधाइ दिदैँ महेश बस्नेतले भने- अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर

अखबार दैनिक
शुक्रबार, चैत १३ २०८२
  • बालेन शाहलाई बधाइ दिदैँ महेश बस्नेतले भने- अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर

    नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारको सकारात्मक निर्णय र पहलमा साथ रहने बताएका छन्। शाह नेतृत्वको नवगठित सरकारलाई सामाजिक सञ्जाल मार्फत बधाई दिँदै उनले भनेका छन्, ‘नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो ।’

    उनले सामाजिक सञ्जालमा लेखेका छन्:

    नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

    नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो । त्यसैले देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईहरुको काधमा छ ।

    अबसर सँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् । अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला ।
    स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पुरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ ।

    जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढतासाथ सन्तुलन कायम गर्दै , सत्ता अवसर हैन उत्तरदायित्व हो भन्ने मनन गरेर अगाडि बढ्नुहोला ।
    अनुभव र ऊर्जा मिलाएर सबै पक्ष सँग सहकार्य गर्दै अघि बढे मात्र जनताको भरोसा अझ बलियो हुन्छ।

    सकरात्मक निर्णय र पहलको निमित्त साबधानी सहित साथ र सहयोगी भुमिकामा हुनेछौं , हार्दिक शुभकामना।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार