काठमाडौं । एमाले सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको निवेदन तत्काल कार्यान्वयन नहुने प्रहरीले बताएको छ । पाठकले बस्नेतलाई पक्राउ गर्नुपर्ने मागसहितको निवेदन लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेकी छिन् ।
परिसर प्रमुख एसएसपी रमेश थापाले उनीहरुको मुद्दा अदालतमा विचाराधीन रहेको स्थितिमा कसैलाई पनि पक्राउ नगरिने बताए । ‘अदालतको आदेश आएपछि त्यसैअनुसार हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस