बिहीबार , साउन २१ गते २०८३

ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

अखबार दैनिक
आइतबार, चैत १५ २०८२
  • ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज पनि आन्दोलन जारी छ ।आइतबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।

    माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्ने बताए ।

    पदर्शनमा पुगेका एक कार्यकर्ताले भने, ‘यही हिसाबले यो सरकार अगाडि जान्छ भने एमाले मात्र होइन, नेपाली कांग्रेस पनि यो आन्दोलनमा सहभागी हुन्छ । कार्की आयोगको प्रतिवेदनमा जेनजी आन्दोलनलाई उकासी सरकारी संरचना जलाएर राज्य ध्वस्त बनाएकाहरु गृहमन्त्री र प्रधानमन्त्री भएका छ्न् । उहाहरुको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्छ भन्ने माग हो।’ओलीलाई रिहाइ गर्नुपर्ने माग गर्दै एमालेले आज ७७ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार