प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ। बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो। सभामुख चयनका लागि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरिएको छ। संविधानअनुसार संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सांसदहरूले आफूमध्येबाट सभामुख र उपसभामुख चयन गरि सक्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस