बिहीबार , साउन २१ गते २०८३

पक्राउ परेको २३ किलो अबैध सुन दुईघण्टा पछि नक्कली सुनमा परिणत

पक्राउ परेको २३ किलो अबैध सुन दुईघण्टा पछि नक्कली सुनमा परिणत

सुन पक्राउ परेर पछि पित्तल भएका उदाहरण धेरै छन् ।

images
अखबार दैनिक
आइतबार, कात्तिक २ २०७७
  • पक्राउ परेको २३ किलो अबैध सुन दुईघण्टा पछि नक्कली सुनमा परिणत

    FB_IMG_16030054211141205.jpgFB_IMG_16030054154424218.jpgकार्तिक २,

    शनिबार पर्सा प्रहरीले २३ किलो अवैध सुन बरामद भएको दावी गरेको दुई घण्टापछि फेरि आफुहरुले सुन नभएर नक्कली सुन बरामद गरेको र उक्त सामान बरामद गर्दा आफुहरु सुन भन्ठानेर झुक्किएको प्रहरी समुहको दावी छ । शनिबार अपराह्न ४ बजेर १३ मिनेटमा २२ किलो ६७५ ग्राम सुन बरामद गरेको समाचार भाइरल बनेको थियो । पर्सा प्रहरीले पठाएको विज्ञप्तिबाट सबैले करिब २० करोड मूल्यको सुन बरामद भएको समाचार दिएका थिए ।

    तर, पर्सा प्रहरीले दुइ घण्टापछि विज्ञप्ति सच्याउँदै उक्त वस्तु सुन नभएर नक्कली सुन अर्थात् सुनजस्तो देखिने बस्तु बरामद भएको जनाएको छ । बरामद हुनासाथ सुन भनेर विज्ञप्ति पठाएको पर्सा प्रहरीले नै साँझ ६ बजेर २१ मिनेटमा अर्को विज्ञप्ति पठायो । जसमा उल्लेख थियो, २२ किलो ६७५ ग्राम सुन बरामद भएको भनिएकोमा सुन नभएर नक्कली सुन अर्थात् सुनजस्तो देखिने पदार्थ भएकाले सच्याइएको उल्लेख छ ।

    यसअघि पनि सुन बरामद भएर पितल बनेको धेरै घटनाहरू भएका कारण यसमा पनि धेरैले शंका गरेका छन । यद्यपी विस्तारै सबै तथ्यहरू बाहिर आउँदै जानेनै छ कि भन्नेमा आशावादी होऔं ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार