फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुधन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ। उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ।
संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ। स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ, जहाँ पोखरा महानगरपालिकाले हालै गाडेको सीमा स्तम्भसमेत भेटिएको छ।
यसैबिच, महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाएको थियो। गृहमन्त्री गुरुङले भने उक्त जग्गाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन् र कानुनी उपचारमा जाने समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस