बिहीबार , साउन २१ गते २०८३

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

अखबार दैनिक
मंगलबार, चैत २४ २०८२
  • एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरू गरेको र चर्को शुल्क लिएको गुनासो आएको मन्त्रालयको भनाइ छ । अधिकांश निजी विद्यालयले ‘एन्युअल फी’ शीर्षकमा भर्ना शुल्क उठाउँदै आएका छन् ।

    मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तह मार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

    कतिपय विद्यालयले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षामा जाँदा पनि पटक-पटक भर्ना शुल्क लिने गरेको भन्दै त्यसलाई मन्त्रालयले गैरकानुनी भनेको छ ।

    मन्त्रालयको पत्रमा भनिएको छ, ‘शिक्षा नियमावली २०५९ को परिच्छेद १५ मा शैक्षिक सत्र सुरू नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था छ । प्रचलित कानून र स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिनु गैरकानूनी हो ।’

    सर्वोच्च फैसला सम्झाउँदै मन्त्रालयले नियमविपरीत लिइएको अग्रीम शुल्क तत्काल फिर्ता गराउन भनेको छ । कुनै विद्यालयले अटेरी गरे कारबाही गर्न भनिएको छ ।

    sikshya-admisson-fee (1).jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार