बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्रीले बैठकमै झपारे कर्णालिका मुख्यमन्त्री शाहिलाई

प्रधानमन्त्रीले बैठकमै झपारे कर्णालिका मुख्यमन्त्री शाहिलाई

अखबार दैनिक
सोमबार, कात्तिक ३ २०७७
  • प्रधानमन्त्रीले बैठकमै झपारे कर्णालिका मुख्यमन्त्री शाहिलाई

    कार्तिक ३,

    कर्णाली प्रदेश सरकारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको किचलोका बारेमा प्रदेशका नेताहरुसँग छलफल गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठकमा कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहिलाई आदेशात्मक शैलिमा झपारेका छन् ।

    प्रदेश सरकार प्रमुख अर्थात् मुख्यमन्त्रीले प्रमुख सचेतक हटाउनसमेत नमिल्ने प्रधानमन्त्री ओलीले जिकिर गरे । ‘प्रमुख सचेतक हटाउने विषय कानुनतः दलको नेताका हिसाबले ठिकै निर्णय गर्नुभएको हो । तर, राजनीतिक रूपले त्यसरी तपाईंले गर्न सक्नुहुन्न, किनकि यसले अहिलेको अवस्थामा त पार्टीमा अप्ठ्यारो हुन्छ, मलाई त सोध्नुभएको छैन, त्यसैले अबदेखि विचार गर्नुहोला । त्यहाँ तपाईं आफैले कुनै मन्त्री बनाउन वा हटाउन सक्नुहुन्न । ती काम प्रधानमन्त्रीले भनेपछि मात्रै गर्नुपर्छ, पार्टीमा छलफल भएपछि, नेतृत्वबाट निर्देशन लिएपछि मात्रै हुन्छ, त्यसैले यस्ता काममा सचेत हुनुहोला, ’उनले भने ।'

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार