सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको छ। मन्त्री गुरुङले सम्पत्ति विवरणबारे आलोचना गर्नेहरूलाई लक्षित गर्दै इन्स्टाग्राम स्टोरीमा दिएको भनाइपछि व्यापक प्रतिक्रिया आएको हो। उनले ‘जन्मिँदै गरिब हुनु गल्ती होइन, तर गरिब भएर मर्नु गल्ती हो’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाउनु पाप नभएको तर सरकारमा आएर भ्रष्टाचार गर्नु पाप हुने चेतावनी पनि दिएका थिए। आलोचना बढेपछि उक्त स्टोरी अहिले हटाइएको छ। यसैबीच जेन–जी अभियन्ता रक्षा बम ले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको भनाइको कडा प्रतिवाद गरेकी छन्।
उनले गरिबीलाई व्यक्तिको गल्ती ठान्ने दृष्टिकोणप्रति आपत्ति जनाउँदै राज्यले सबैलाई समान अवसर दिन नसकेको यथार्थ औंल्याएकी छन्। उनले देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै आर्थिक हैसियतकै आधारमा नागरिकलाई ‘गलत’ भन्नु पदीय मर्यादाविपरीत हुने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस