बिहीबार , साउन २१ गते २०८३

एनसेलले ल्यायो महिलाका लागि ‘गो सिम’ स्किम, यस्ता छन् सुविधा :

एनसेलले ल्यायो महिलाका लागि ‘गो सिम’ स्किम, यस्ता छन् सुविधा :

अखबार दैनिक
मंगलबार, कात्तिक ४ २०७७
  • एनसेलले ल्यायो महिलाका लागि ‘गो सिम’ स्किम, यस्ता छन् सुविधा :

    कार्तिक ४,

    'एनसेल'ले महिलाहरुका लागि ‘गो सिम’ स्किम ल्याएको छ । उक्त स्किम अन्तर्गतको सिम मुख्य गरी महिलाहरुका लागि मात्रै ल्याइएको कम्पनीले बताएको छ ।

    महिला केन्दृत यो स्किम अन्तर्गत सिममा आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत सुविधा दिईएको कम्पनीले बताएको छ ।

    यो सिम शनिबारदेखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद बिक्रेताहरुबाट ९९ रुपैयाँमा किन्न सकिन्छ । ग्राहकले २० मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा एसएमएस प्राप्त गर्दछन् ।

    यससँगै गो सिममार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सकिन्छ । यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो १०० वा सो भन्दा बढीको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस पाउन सकिन्छ । प्राप्त बोनस सात दिनको लागि मान्य रहने बताइएको छ । ग्राहकले सिम किनेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस पाउन सकिन्छ । प्राप्त बोनस सात दिनको लागि मान्य रहने बताइएको छ ।

    ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सकिन्छ । साथै यो सिम लिने ग्राहकका लागि आपतकालिन सञ्चार सेवाका लागि विषेश सुविधा रहेको छ । यसअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ भन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा लिन सक्छन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको कर सहित १० मेन ब्यालेन्स काटिन्छ ।

    त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाका लागि निःशुल्क उपलब्ध हुने अर्को विषेश सुविधा छ । जस अन्तर्गत प्रयोगकर्ताले आपतकालिन अवस्थामा आफूले चाहेका तीन एनसेल नम्बरहरुमा आपतकालिन सन्देश पठाउन सक्ने कम्पनीले बताएको छ। गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स१७१८०ह्यास डायल गर्नासाथ आफूले छानेका तीन नम्बरहरुमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प, प्लीज कल’ एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतः जान्छ । ग्राहकले यसरी आपतकालिन सन्देश पठाउन तीन नम्बरहरु एस्ट्रिक्स १७१८० एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्छन् । महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेट सम्म निःशुल्क कल गर्नसक्ने सुविधा रहेको छ । गो सिम प्रयोगकर्ताले डेटा, स्वास्थ्य र विभिन्न मनोरञ्जन सहितको कम्बो प्याक लिन सक्छन् । उनीहरुले एस्ट्रिक्स१७१०४ह्यास डायल गरेर यो सेवा सुरु गर्न सक्छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार