बिहीबार , साउन २१ गते २०८३

पत्रकारलाई पैसा बाँडेको आरोपबारे डा. कोइरालाको सचिवालयले गर्‍यो खण्डन

पत्रकारलाई पैसा बाँडेको आरोपबारे डा. कोइरालाको सचिवालयले गर्‍यो खण्डन

अखबार दैनिक
बुधबार, कात्तिक ५ २०७७
  • पत्रकारलाई पैसा बाँडेको आरोपबारे डा. कोइरालाको सचिवालयले गर्‍यो खण्डन

    कात्तिक ५,

    केही सञ्चारमाध्याममा कांग्रेस महामन्त्री कोइरालासँग जोडेर पत्रकारलाई दशैं खर्च दिइएको समाचार बाहिर आएपछि कांग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाका निजी सचिव भरत तिवारीले भुलबस पत्रकारका हातमा पैसा पुगेको स्पष्टीकरण दिएका छन् । सचिव तिवारीले सामाजिक सञ्जालमार्फत सो स्पष्टीकरण दिएका हुन् ।

    तिवारीले राजकुमार नाम गरेका एकजना आफन्तले केही दिनअघि दसैं खर्च दिनका लागि अनुरोध गर्दै आएको र आफु सो खर्च दिन पुग्दा असाबधानीबश गलत नम्बरमा कल गएको र हतारमा गरिएको सम्वादका कारण भूलवस कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिँदा ती सहयोगीको हातमा रकम पर्न गएको स्पष्ट पारेका छन् । सचिव तिवारीले उक्त घटनालाई यसरी प्रस्ट्याएका छन्-

    ‘कांग्रेसका महामन्‍त्रीले दसैं खर्च बाँडेको भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्‍न कुरा स्पस्ट पार्न चाहान्छु । राजकुमार नाम गरेका एकजना आफन्तले केही दिन अघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए। त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ। कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाइलाई एउटा समान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिन्छु भन्‍नुभयो ।

    हतारमा गरिएको यही सम्वादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ। सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा म बाट कमजोरी तथा त्रुटी भएको भएको हो। यसबारेमा कांग्रेसका महामन्‍त्री डा शशाङ्क कोइरालालाई कुनै जानकारी छैन । यो उहाँको सरोकारको विषय पनि होइन । त्यसैले यो विषयलाई महामन्‍त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु । समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहान्छु ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार