प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारभित्रका कुनै पनि सूचना सार्वजनिक गर्नुअघि अनिवार्य रुपमा स्वीकृत गराउन मातहतका निकायलाई निर्देशन जारी गरेका छन्।प्रधानमन्त्री कार्यालयमा सबै खालका विज्ञहरू रहेको र उनीहरूलाई छुट्टाछुट्टै मन्त्रालय हेर्ने जिम्मेवारी दिएको भन्दै कुनै पनि सूचना प्रकाशन गर्नुअघि अनुमति लिन निर्देशन दिएको एक अधिकारीले जानकारी दिए।‘अबदेखि कुनै पनि सूचना, विज्ञप्ति जारी गर्नुअघि प्रधानमन्त्री कार्यालयबाट एप्रुभल गराउन निर्देशन प्राप्त भएको छ,’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक उच्च अधिकारीले भने। कर्मचारीहरू यसअघि यस्तो आदेश कहिले पनि नभएको बताउँछन्।

प्रतिक्रिया दिनुहोस