बिहीबार , साउन २१ गते २०८३

युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो : शिक्षामन्त्री पोखरेल

युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो : शिक्षामन्त्री पोखरेल

अखबार दैनिक
बुधबार, वैशाख ९ २०८३
  • युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो : शिक्षामन्त्री पोखरेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा विद्यार्थीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने गरी उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् ।

    पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले युवालाई उद्यमशीलतामा लाग्न अनुरोध गरेका हुन् । मन्त्री पोखरेलले भने, ‘हामीले प्राप्त गरेको ज्ञान, सीप र विवेकको सही सदुपयोग गर्यौँ भने मात्र हामी सबै मिलेर नेपाललाई सबल, सक्षम र समृद्धशील राष्ट्र बनाउन सक्छौँ ।’

    पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको करिब तीन दशकमा नेपालको विकास र समृद्धिमा आवश्यक उल्लेख्य दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकामा धन्यवाद व्यक्त गर्दै मन्त्री पोखरेलले वर्तमान अवस्थामा नेपाल सरकारले गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा महत्त्वपूर्ण कदम चालिरहेको बताएका छन् ।

    आयोजित दीक्षान्त समारोहमा विभिन्न संकायबाट अध्ययन पूरा गर्ने ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका भएका छन् । जसमध्ये विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेलले स्वर्ण पदकसहित प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार