बिहीबार , साउन २१ गते २०८३

शंकर पोखरेललाई महासचिव बनाउन लागेको आशंका

शंकर पोखरेललाई महासचिव बनाउन लागेको आशंका

अखबार दैनिक
बिहीबार , कात्तिक ६ २०७७
  • शंकर पोखरेललाई महासचिव बनाउन लागेको आशंका

    कात्तिक ०६,

    पार्टी महासचिव रहेका विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएपछि प्रधानमन्त्री ओलीले आफू निकट मानिने मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा गराएर महासचिव बनाउने विषयमा निकट नेताहरुसँग छलफल गरेका छन् ।

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा महासचिव तत्कालीन एमालेबाट विष्णु पौडेललाई बनाइएको थियो । तर पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएपछि प्रधानमन्त्री ओलीले आफू निकट शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा गराएर पार्टीको महासचिवको जिम्मेवारीमा ल्याउने गरी छलफल चलाएका हुन् ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बासहितको बैठकमा प्रधानमन्त्री ओलीले पोखरेललाई महासचिव बनाउने विषयमा छलफल गरेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार