पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन् । सो जग्गा जम्मा २०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको उनले उल्लेख गरेका छन् ।
यसैगरी नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ जति र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ जति नगद मौज्दात रहेको विवरण पुनले सार्वजनिक गरेका छन् । नेपाल बैंक लिमिटेडकमा रहेको ४ लाख रकम साथीहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको पुनले विवरणमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस