बिहीबार , साउन २१ गते २०८३

ऐतिहासिक निर्णय विज्ञापनरहित प्रशारण (क्लिनफिड) लागू ,नियमन निकाय विज्ञापन बोर्ड गठन

ऐतिहासिक निर्णय विज्ञापनरहित प्रशारण (क्लिनफिड) लागू ,नियमन निकाय विज्ञापन बोर्ड गठन

अखबार दैनिक
बिहीबार , कात्तिक ६ २०७७
  • ऐतिहासिक निर्णय विज्ञापनरहित प्रशारण (क्लिनफिड)  लागू ,नियमन निकाय विज्ञापन बोर्ड गठन

    ६ कात्तिक काठमाण्डौं ।  नेपालमा यही कात्तिक ७ गते अर्थात् भाेलि शुक्रबारदेखि विज्ञापनरहित प्रशारण (क्लिनफिड) नियम लागू हुने निश्चित भएको छ।

    यही कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन्।

    मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको सो निर्णयलाई ‘ऐतिहासिक निर्णय’ भएको बताएका छन्। 

    ‘२०७६ कात्तिक ६ गतेदेखि लागू भएको विज्ञापनको नियमन गर्ने ऐन २०७६ को दफा ६ मा विज्ञापनरहीत प्रशारण गर्नुपर्ने व्यवस्था रहेका छ’ उनले भने, ‘नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुले विज्ञापनरहीत क्लिनफिड प्रशारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डविङ गरी प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्ष अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहीत क्लिनफिड प्रशारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपाली सञ्चारमाध्यमहरुले डविङ गरी प्रशारण गर्न नपाउने कानुनी व्यवस्था रहेको छ।

    कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए। मन्त्रालयका सहसचिव डिल्लिराम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ। नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार