रास्वपाका सभापति रवि लामिछानेले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको अध्यादेशबारे भइरहेको टिकाटिप्पणीबारे पार्टीको धारणा सांसदहरूलाई सुनाएका छन् । बुधबार बसेको संसदीय दलको बैठकमा उनले विगतमा भएको अनावश्यक, दलीयकरण र गलत नियुक्ति सच्याउन लागेको बताएका हुन् ।उनले विगतका सरकारले अध्यादेश ल्याउँदा दल विभाजन र विपक्षीलाई थुन्न ल्याएको आरोप लगाउँदै यसपटक गलतलाई सच्याउन अध्यादेश ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस