बिहीबार , साउन २१ गते २०८३

स्थानीय निर्वाचन : रास्वपाका आकांक्षी नैतिकवान हुनुपर्ने, सहकारीको बचत अपचलन नगरेको स्वघोषणा गर्नुपर्ने

स्थानीय निर्वाचन : रास्वपाका आकांक्षी नैतिकवान हुनुपर्ने, सहकारीको बचत अपचलन नगरेको स्वघोषणा गर्नुपर्ने

अखबार दैनिक
सोमबार, वैशाख २१ २०८३
  • स्थानीय निर्वाचन : रास्वपाका आकांक्षी नैतिकवान हुनुपर्ने, सहकारीको बचत अपचलन नगरेको स्वघोषणा गर्नुपर्ने

    रास्वपाले स्थानीय तहको निर्वाचनमा निष्ठा, नैतिकता र सार्वजनिक आचरणलाई उम्मेदवार छनोटको आधार बनाउने भएको छ ।उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता लोकतान्त्रिक संस्कारलाई पनि मूल्यांकनको महत्वपूर्ण आधार बनाइने रास्वपाले जनाएको छ ।

    स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा पूर्वाधारगत आवश्यकता बुझेका र जनस्तरमा भिजेका व्यक्ति पनि रास्वपाको छनोटमा पर्नेछन् ।पार्टी निर्माणमा निरन्तर योगदान पुर्‍याएका निष्ठावान सदस्यहरु तथा समाजका विभिन्न क्षेत्रमा अब्बल साबित भएका विज्ञ, अनुभवी, ऊर्जावान् र जनविश्वास प्राप्त व्यक्तिको सन्तुलित तथा न्यायोचित मूल्यांकन गर्दै ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्तित्व’ छान्ने परिपाटी स्थापित गर्ने रास्वपाको प्रतिबद्धता छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार