राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरको छन् । सरकारले स्वीकृतिका लागि दोस्रो पटक पठाएको अध्यादेश राष्ट्रपति पौडेलले मंगलबार जारी गरेको स्रोतले जानकारी दियो । यसअघि पुनर्विचारका लागि फिर्ता पठाएकोमा सोमबार स्वीकृतिका लागि सरकारले पुनः सिफारिस गरेको थियो । सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि पठाएको छ ।

प्रतिक्रिया दिनुहोस