बिहीबार , साउन २१ गते २०८३

कतै तपाई थाहै नपाई कोरोना संक्रमण भएर निको त भैसक्नुभएको छैन ?

कतै तपाई थाहै नपाई कोरोना संक्रमण भएर निको त भैसक्नुभएको छैन ?

अखबार दैनिक
शनिबार, कात्तिक ८ २०७७
  • कतै तपाई थाहै नपाई कोरोना संक्रमण भएर निको त भैसक्नुभएको छैन ?

    कात्तिक ८,

    संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का संक्रमण भएको रिपोर्ट गरिरहेका छन् । विशेषज्ञका अनुसार केहीको लागि कोभिडको संक्रमण यति हल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो संक्रमणको लक्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ । यसले धेरै व्यक्ति संक्रमण भएको थाहा नपाई नै संक्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको संक्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ । स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य समस्या नभएको मानिस सजिलैसँग निको हुने वा भाइरसको हल्का मात्र संक्रमण हुने सम्भावना हुन्छ ।

    कोभिड संक्रमण हुँदा देखिने लक्षणको बारेमा धेरै सचेतना भए पनि केही लक्षण हल्का भएका कारण ध्यान नदिन वा सजिलै भ्रमित पार्न सक्ने खालका हुन्छन् । ३ दिनभन्दा धेरैसम्म आएको ज्वरो, टाउको दुखाइ, नाक चिलाउने, सिगान बग्ने, स्वाद र गन्ध हराएमा, खान मन नलागेमा, पेटसम्बन्धी समस्या भएमा, सुख्खा खोकी, घाँटी खसखस भएमा, आँखा पोल्ने, आँखा चिलाउने वा रातो भएमा, छालामा समस्या भएमा, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा कोभिडको संक्रमण हुँदा देखिने लक्षण हुन् । यी सबै लक्षणको उपस्थिति भएपनि निश्चित रूपमा कोभिडको संक्रमण भएको हो भनेर पनि भन्न मिल्दैन । तर, विज्ञको टोलीका अनुसार यस वर्षको सुरुका महिनामा बिरामी परेका व्यक्तिमा कोभिडको संक्रमण भएको थाहा नभइ पनि निको हुनसक्ने हुन्छ । किनभने त्यस समयदेखि लक्षण के हो भनेर बुझ्नेक्रम भइरहेको थियो । एन्टिबडीको निर्माण गरी मानव शरीरलाई कोभिडबाट सुरक्षित गर्नसक्ने एक मात्र तरिका हो ।

    पहिला नै संक्रमण भएर निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडविरुद्ध लड्ने एन्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर, संक्रमण भएको २/३ महिनापछि एन्टिबडी हराउँदै जाने हुँदा यसले सही नतिजा नदिन पनि सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार