बिहीबार , साउन २१ गते २०८३

रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

अखबार दैनिक
बुधबार, वैशाख २३ २०८३
  • रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले सामाजिक सञ्जाल मार्फत पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जानकारी दिएकी हुन् ।

    उनले अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी नभई यो स्वास्थ्य प्रणालीकै कमजोरी रहेको बताइन् ।

    उनले भनिन्,‘स्वास्थ्य भन्ने वित्तिकै अस्पतालको बेड र औषधि बुझ्ने गछौं । तर तपाईलाई थाहा छ ? अस्पतालको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी हाईन् यो स्वास्थ्य प्रणालीकै कमजोरी हो ।’

    विस्तारका निम्ति विज्ञहरू र विभागीय सदस्यहरू समेत चाहिएको बताउँदै उनले नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन् । न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार