बिहीबार , साउन २१ गते २०८३

'रअ' प्रमुखलाई प्रचण्ड, माधवकुमार, शेरबहादुर, बाबुराम लगायत नेताले भेटेको खुलासा

'रअ' प्रमुखलाई प्रचण्ड, माधवकुमार, शेरबहादुर, बाबुराम लगायत नेताले भेटेको खुलासा

अखबार दैनिक
मंगलबार, कात्तिक ११ २०७७
  • 'रअ' प्रमुखलाई प्रचण्ड, माधवकुमार, शेरबहादुर, बाबुराम लगायत नेताले भेटेको खुलासा

    कार्तिक ११,

    भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको कुरा आलोचित बनेकै बेला नेकपा सहित अन्य राजनीतिक दलका शिर्ष नेताहरुलाई समेत गोयलले भेटेको खुलासा भएको हो ।

    भारतमा लोकप्रिय मानिएको संचार मध्यम जनसत्ताले लेखेको एउटा समचारमा गोयल र उनको टिमले २४ घण्टाको नेपाल बसाईको क्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुलाई भेटेको उल्लेख गरेको छ।

    अझै उदेकलाग्दो कुरा के छ भने आफुले 'रअ' प्रमुखलाई भेटेकै छैन भनेर विज्ञप्ति निकाल्दै पन्छिन खोज्ने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गोयलले प्रधानमन्त्री ओलीलाई भेट्नुअगाडी नै भेटेर वार्ता गरेको कुरा भारतीय दुतावास स्रोतले अखबारदैनिकलाई जानकारी गराएको छ ।

    यो सँगै नेकपा नेता माधव कुमार नेपाल, कांग्रेसका नेताहरु रामचन्द्र पौडेल र सशांक कोइरालालाई भेटेको भारतीय दुतावास स्रोतले जनाएको छ। यी नेताहरु कतिपय गोयल बसेको होटलमा आफै पुगेका थिए भने कतिपय नेतालाई भेट्न गोयल आँफै उनीहरुको निवास पुगेका थिए ।

    प्रधानमन्त्री ओली बाहेकका अन्य नेताहरुले 'रअ' प्रमुखसँगको भेटलाई किन लुकाए भन्ने प्रश्न उब्जिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार