बिहीबार , साउन २१ गते २०८३

सरकारले बालबालिकाहरुलाई जुलुस, प्रदर्शन र राजनीतिक गतिविधिमा रोक

सरकारले बालबालिकाहरुलाई जुलुस, प्रदर्शन र राजनीतिक गतिविधिमा रोक

अखबार दैनिक
बिहीबार , वैशाख २४ २०८३
  • सरकारले बालबालिकाहरुलाई जुलुस, प्रदर्शन र राजनीतिक गतिविधिमा रोक

    सरकारले बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा सहभागी गराउन रोक लगाएको छ। सुकुम्बासीहरूको प्रदर्शनमा बालबालिका प्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा आउन थालेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण तथा विकास महाशाखाले सूचना जारी गरेर त्यस्ता गतिविधिमा रोक लगाएको हो।

    ‘बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ उपदफा २ को खण्ड (छ) मा बालबालिकाहरूलाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गरेमा बालबालिका विरूद्धको कसूर गरेको मानिने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार