बिहीबार , साउन २१ गते २०८३

सरकारको निर्देशनपछि सरकारी बैंकका सञ्चालकले दिन थाले राजीनामा

सरकारको निर्देशनपछि सरकारी बैंकका सञ्चालकले दिन थाले राजीनामा

अखबार दैनिक
बिहीबार , वैशाख २४ २०८३
  • सरकारको निर्देशनपछि सरकारी बैंकका सञ्चालकले दिन थाले राजीनामा

    सरकारको निर्देशनपछि तीनवटा सरकारी स्वामित्वका बैंकहरू राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि  विकास बैंकका सञ्चालकहरूले धमाधम राजीनामा दिएका छन् । पद छोडेर सरकारलाई मार्ग प्रशस्त गर्न भन्दै ती सञ्चालकहरूबाट राजीनामा आउने क्रम सुरु भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । सरकारकोतर्फबाट बुधबार साँझसम्म तीनवटै बैंकका सञ्चालकहरूलाई पदबाट राजीनामा दिनु भन्ने स्पष्ट सन्देश आएको एक सञ्चालकले बताए । सरकारी बैंकका सञ्चालकहरूले अर्थ मन्त्रालय वित्तीय समन्वय महाशाखामा राजीनामा दिनुपर्छ ।

    बिहीबार दिउँसो २ बजेसम्म राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका अधिकांश सञ्चालकबाट राजीनामा आइसकेको र नेपाल बैंकबाट पनि सञ्चालकहरूको राजीनामा आउने जानकारी प्राप्त भएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार