बिहीबार , साउन २१ गते २०८३

प्रलोपाबाट बाहिरिए बाबुराम, पार्टीले दियो शुभकामना

प्रलोपाबाट बाहिरिए बाबुराम, पार्टीले दियो शुभकामना

अखबार दैनिक
शुक्रबार, वैशाख २५ २०८३
  • प्रलोपाबाट बाहिरिए बाबुराम, पार्टीले दियो शुभकामना

    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन् । बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भन्दै डा. भट्टराईले गरेको आग्रहलाई स्वीकार गर्दै शुभकामना समेत दिएको छ । 

    बैठकको निर्णयमा भनिएको छ– 'यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षककारुपमा रहेका डा। बाबुराम भट्टराईले कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरही आफू स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउन चाहेको कुरा पार्टीलाई जानकारी गराउनु भएकोले उहाँको उक्त वैयक्तिक छनौटलाई उच्च सम्मान गर्दै शुभकामना दिने निर्णय गरियो।'

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार