बिहीबार , साउन २१ गते २०८३

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

अखबार दैनिक
शुक्रबार, वैशाख २५ २०८३
  • उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् ।सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ।’

    अध्यक्ष राईले अब उपसभामुखमाथि पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने पनि स्पष्ट पारेका छन् । उनले यस विषयमा आफूले पहिले नै खेद प्रकट गरिसकेको उल्लेख गर्दै उनी अब हाम्रो पार्टीको हिस्सा होइनन् भनेका छन् ।

    उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो । तर वहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब १ वहाँको निर्णयमा पार्टीको कुनै निर्देशन र ह्वीप रहंदैन ! त्यसैले मैले खेदप्रकट गरिसकें ! She is not part of us.’

    साम्पाङ चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएकोमा उपसभामुखले पनि सहमति जनाएको भन्दै आपत्ति जनाएका थिए ।

    प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाटै सांसद हुँदै उपसभामुख बनेकी हुन् । ठाकुरले पनि उक्त निर्णयमा सहमति जनाएको भन्दै अध्यक्ष साम्पाङले त्यसलाई खेदजनक भनेका छन् ।

    capture_c0227832.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार