बिहीबार , साउन २१ गते २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

अखबार दैनिक
बुधबार, वैशाख ३० २०८३
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

    सांसद डा.लेखजंग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै ठूलो राष्ट्रिय लगानी हुँदाहुँदै पनि विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए ।

    उनले विमानस्थल पूर्वाधारतर्फ करिब १० अर्ब रुपैयाँ लगानी भएको र २३ अर्ब रुपैयाँ बराबरको जग्गा उपलब्ध गराइएको उल्लेख गर्दै यति ठूलो राष्ट्रिय लगानी हुँदाहुँदै पनि विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए ।

    उनले भने ‘गौतमबुद्ध इन्टरनेस्नल एर्पोट पुर्वधार तर्फ १० अर्बको क्यापेट यसमा २३ अर्बको जग्गाको दिइसको छौँ । यति मात्र नभएर सयौँ घरहरूले राष्ट्रिलाई विस्वास गरेर सरकारलाई सुम्पिएको सम्पत्ति आज राम्रोसँग चलाउन नपाउँदा यो वाइट एलिफेन्टको रूपमा परिनत भएको छ । कानुनी र नैतिक दुवै दृष्टिले गलत भएको छ ।’

    सांसद थापाले सयौँ स्थानीय परिवारहरूले राष्ट्रको विकासमा विश्वास गरेर आफ्नो सम्पत्ति सरकारलाई सुम्पिएको स्मरण गराउँदै हाल विमानस्थल “ह्वाइट एलिफेन्ट” को अवस्थामा पुगेको टिप्पणी गरे । उनले यस्तो अवस्था कानुनी र नैतिक दुवै दृष्टिले गलत भएको बताए । न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार