बिहीबार , साउन २१ गते २०८३

बिहीबार सदन चलाउनुपूर्व प्रधानमन्त्रीसँग संवाद गर्ने सभामुख अर्यालको भनाइ

बिहीबार सदन चलाउनुपूर्व प्रधानमन्त्रीसँग संवाद गर्ने सभामुख अर्यालको भनाइ

अखबार दैनिक
बुधबार, वैशाख ३० २०८३
  • बिहीबार सदन चलाउनुपूर्व प्रधानमन्त्रीसँग संवाद गर्ने सभामुख अर्यालको भनाइ

    सभामुख डोलप्रसाद अर्यालले प्रधनमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउने विषयमा छलफल गर्ने बताएका छन् । प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलका नेताले अवरोध गरेपछि उनले बुधबारको बैठकमा आगामी आर्थिक वर्षको लागि पेश भएको नीति तथा कार्यक्रममाथि छलफल नसकिने भन्दै प्रधानमन्त्री शाहसँग बैठकपछि संवाद गर्ने बताएका हुन् । यद्यपी उनको आश्वासन नसुनी विपक्षी दलका नेताले बैठक संचालन गर्न अवरोध गरेका छन् ।

    बुधबारको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम छलफलको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोमा उनले यो जिम्मा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार