बिहीबार , साउन २१ गते २०८३

प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए शपथ

प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए शपथ

अखबार दैनिक
बिहीबार , वैशाख ३१ २०८३
  • प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए शपथ

    काठमाडौँ । सङ्घीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित एक विशेष समारोहका बिच अधिकारीले आफ्नो पदको शपथ लिएका हुन्। उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्। 

    राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका थिए। संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्। 

    सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त रहेको उक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए। संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार