बिहीबार , साउन २१ गते २०८३

भारतीयलाई नागरिकता दिन खोज्ने धनगढीका वडाध्यक्ष पक्राउ

भारतीयलाई नागरिकता दिन खोज्ने धनगढीका वडाध्यक्ष पक्राउ

अखबार दैनिक
शुक्रबार, कात्तिक १४ २०७७
  • भारतीयलाई नागरिकता दिन खोज्ने धनगढीका वडाध्यक्ष पक्राउ

    कात्तिक १४,

    धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जाेशी भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेकाे आराेपमा पक्राउ परेका छन् । २०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार