बिहीबार , साउन २१ गते २०८३

युवराज दुलालले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्धनका निर्णय  सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन्

युवराज दुलालले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्धनका निर्णय  सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन्

अखबार दैनिक
बिहीबार , वैशाख ३१ २०८३
  • युवराज दुलालले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्धनका निर्णय  सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन्

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक युवराज दुलालले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्धनका निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सदनमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै दुलालले लोकतन्त्रमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध नै नलाग्ने दाबी गरे । उनले विद्यार्थी संगठनका गतिविधि र भूमिकाको सीमा भने तोक्न सकिने बताए ।
     
    “लोकतन्त्रमा संगठनहरूलाई प्रतिबन्ध लगाउन सकिन्छ र, के राजनीतिक दलहरूले गरेका काम राम्रा भएनन् भनेर दलीय व्यवस्थामै प्रतिबन्ध लगाउन मिल्छ ?,” प्रश्न गर्दै दुलालले भने, “संगठनहरूको भूमिका जिम्मेवारी र उनीहरूका प्राथमिकता तोकिन सक्छन् ।” उनले नीति तथा कार्यक्रममको बुँदा नम्बर १०० मा राखिएको ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने विषय पनि सच्याउन माग गरे । उनले भने, “ ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउन मिल्दैन, ट्रेड युनियनलाई मर्यादित र व्यवस्थित बनाइयोस् भनेर संशोधन राख्न चाहन्छु ।”

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार