बिहीबार , साउन २१ गते २०८३

ओलीको ढोका ढकढक्याउँदै गगन–विश्व, प्रदेश सरकार परिवर्तन मुख्य एजेण्डा

ओलीको ढोका ढकढक्याउँदै गगन–विश्व, प्रदेश सरकार परिवर्तन मुख्य एजेण्डा

अखबार दैनिक
बिहीबार , वैशाख ३१ २०८३
  • ओलीको ढोका ढकढक्याउँदै गगन–विश्व, प्रदेश सरकार परिवर्तन मुख्य एजेण्डा

    नेपाली कांग्रेसको गत चैतमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने संयोजनको जिम्मा उपसभापति विश्वप्रकाश शर्मालाई दियो । ‘प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकाको समीक्षा, समन्वय र थप प्रभावकारिताका लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई प्रदान गर्ने निर्णय गर्दछ,’ कांग्रेसले गरेको निर्णयमा उल्लेख छ । 

    बैठकले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको मुख्य कारण विगतमा गरिएको ‘गठबन्धन संस्कृति’ रहेको निष्कर्ष निकालेको थियो । ‘संसद् जोगाउन बनेको गठबन्धनलाई पछि चुनाव जित्न प्रयोग गरियो, जसका कारण पार्टीका इमानदार कार्यकर्ता र आम जनता दुवैमा चरम असन्तुष्टि पैदा भयो,’ उपसभापति शर्माले प्रस्तुत गरेको समीक्षामा भनिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार