बिहीबार , साउन २१ गते २०८३

मुकेश चौरसिया हत्या प्रकरणमा १२ जनाविरुद्ध जाहेरी दर्ता

मुकेश चौरसिया हत्या प्रकरणमा १२ जनाविरुद्ध जाहेरी दर्ता

अखबार दैनिक
शुक्रबार, कात्तिक १४ २०७७
  • मुकेश चौरसिया हत्या प्रकरणमा १२ जनाविरुद्ध जाहेरी दर्ता

    कात्तिक १४,

    पर्साको विन्दवासिनी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सपथ ग्रहण कार्यक्रममा दुई पक्षबीचको झडपमा मुकेश चौरसियाको मृत्यु भएको घटनामा संलग्न १२ जना विरुद्ध जाहेरी दर्ता भएको छ । बिहीवार उक्त घटनामा संलग्न रहेका १२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो ।

    यसअघि उनको परिवार जाहेरी दर्ता गर्न आएपनि प्रहरीले जाहेरी लिन मानेको थिएन् । चौरसियाको मृत्यु भएको एक हप्तापछि बिहीवार जाहेरी दर्ता गरिएको हो । चौरसियाको मृत्यु प्रकरणमा दोषीलाई कारबाहीको माग राख्दै पूर्वमन्त्री समेत रहेका सांसद मातृका यादवले धर्ना दिँदै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार