सभामुख डीपी अर्यालले सांसदहरूलाई आकस्मिक समयमा फरक विषय नबोल्न आग्रह गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दा फरक विषयवस्तु राखेको भन्दै सभामुखले ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘माननीय सदस्यहरू आकस्मिक समयमा बोल्नका लागि जुन विषयवस्तु यहाँहरूले सभामुखलाई जानकारी गराएर आकस्मिक समय माग्नुभएको हुन्छ । त्यो विषयभन्दा फरक विषयमा बोल्न थाल्नुभयो भने सभामुखले समय नदिनुपर्ने अवस्था आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस